रास्वपामा साविककै जिम्मेवारी पाउँ भनी मुकुलले गरे पुनरावेदन

१६ भदौ ०८१, काठमाडौं । मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आफूलाई हटाउने निर्णय बदरको माग राखेर पुनरावेदन गरेका छन् ।

उनले (रास्वपा)को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबी गर्दै रास्वपामा पुनरावेदन दिएका हुन् ।

उनको पुनरावेदन निवेदनमा भनिएको छ, ‘‘पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्नेगरी भएको मिति २०८१/०३/२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिमकै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने बातावरण मिलाइपाउँ ।’

ढकालले महामन्त्रीको हस्ताक्षर बिना सभापतिले मात्र कुनै पनि पदाधिकारी हटाउने निर्णय गर्न नसक्ने दाबी गरेका छन् ।