राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न गृहमन्त्री विमानस्थलमा

३१ साउन ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ राहत वितरणका लागि ढुवानीको निरीक्षण गर्न त्रिभुवन विमान स्थलमा आफै बिहान दखि खटेका छन् ।

आज बाढी, पहिरो तथा डुबान प्रभावित  रौतहट, पर्सा लगायत विभिन्न जिल्लाहरुमा  राहत सामाग्रीहरुको समानुपातिक वितरण नभएको गुनासो आएकाले बिहान साढे दस बजे दखि गृहमन्त्री विमानस्थलमा निरीक्षण कार्यमा लागेका हुन् ।

गृहमन्त्री शर्मासँग गृह सचिव लोक दर्शन रेग्मी, गृहका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सह सचिव राम कृष्ण सुबेदी, विपद व्यवस्थापन महाशाखाका प्रमुख सह सचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, नेपाली सेनाको हवाई सेवा निर्देशनालयका प्रतिनिधि, निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधि लगायतको उपस्थिति छ ।

आईतबार र सोमबार मन्त्री पश्चिम, मध्य तथा पुर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रका जनतासँग प्रत्यक्ष भेटेर तथा हवाई स्थलगत अवलोकन गरेर फर्किएका हुन् ।

तपाइको मत