राहदानी विभागलाई जीबीको पासपोर्ट रोक्का गर्न पत्राचार

१ जेठ ०८१, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।

प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा पत्राचार गरेको छ ।

राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।