१४ माघ, काडमाडौं । यातायात ब्यवसायीहरुले रिङ्गरोडसहितका भित्रि रुटहरुमा ठूला बस चलाउन सुरु गरेका छन् ।
शुक्रबारदेखि काठमाडौंमा सिटी मेट्रो कम्पनीले पनि १५ वटा ठूला बस चलाउँदैछ । ४० सिट क्षमताका यी सबै बस अपांगमैत्री रहेको कम्पनीका अध्यक्ष हेमेन्द्र शेरचनले बताएका छन् ।
बस वनस्थलीबाट छुटने छ भने त्यसपछि नारायणगोपालचोक, बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुग्नेछ । यी बस सोही रुट हुँदै फर्किने छन् । यसले वनस्थलीबाट बानेश्वर आउनेहरुलाई दुईवटा बस फेर्नुपर्ने झण्झट र दोहोरो खर्च बेहोर्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।
कम्पनीका बसहरु अपांगमैत्री भएकाले ह्वील चियरसहित यत्रा गर्न सकिने छ ।