२१ मंसिर ०७५, राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पिताम्बर यादवलाई वडा अध्यक्षको हैसियतले कुनै काम नगर्नु नगराउनु भनी उच्च अदालत जनकपुर राजविराज ईजलासले उत्प्रेशन निशेधाज्ञा जारी गरेको छ ।
वडा नं. १ का वडा अध्यक्ष यादवले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी भ्रष्टाचारको कसुर गरेको ठहर भई ६ महिना कैद र १५ हजार जरिवाना हुने ठहरी फैसला समेत भईसकेको अवस्था देखिदा यस विषयमा अन्यथा तथ्य देखाई निवेदन पर्न आएमा सोही बखत विचार हुने नै हुँदा हाललाई यो निवेदनको किनारा नलागे सम्म वडा अध्यक्षका हैसियतले कुनै काम नगर्नु नगराउनु भनी देवानी कार्यविधि (संहिता) ऐन २०७४ को दफा १५८ (२) र उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरुका नाउँमा अन्तरिम आदेश विहिबार उच्च अदालत जनकपुर राजविराज ईजलासका माननिय न्यायायधिश तिल प्रसाद श्रेष्ठको ईजलासले जारी गरिदिएको छ ।
नवेदकको तर्फबाट अधिवक्ता सुजिक कुमार पोखरेलले वहस गरेका थिए ।