रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

thapa

काठमाडौं । नायिका निर्माता तथा निर्देशक रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् । काठमडौंको नयाँवानेश्वरमा आयोजित एक समारोहमा अभिनेत्री थापा आफ्नी आमा सरस्वती थापालाई पनि सँगै लिएर राप्रपामा प्रवेश गरेकी हुन् ।

उनलाई पार्टी अध्यक्ष कमल थापाले माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेशसँगै नायिका थापाले आफूलाई चलचित्र क्षेत्रमा जस्तै साथ र सहयोग राजनीतिक करियरमा पनि कायमै रहने अपेक्षा पनि व्यक्त गरिन् ।

तपाइको मत