रोल्पामा आगलागी हुदा ३ घर जलेर नष्ट

३१ बैशाख ०७५, रोल्पा । पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिका-६ मजुवा गाउँमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ ।

आइतबार आगोले स्थानीय हरि परियार, रमेश परियार र नन्दबहादुर पुनको घर जलेर नष्ट भएको हो ।

आइतबार दिउँसो मजुवास्थित हरिको दाउरा राख्ने ‘कटेरी’ बाट आगो सल्केको प्रहरीले बताएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी चौकी जुगारका प्रमुख लक्ष्मीप्रसाद कँडेलले बताए ।

प्रहरीले आगलागीबाट करिब १० लाख बराबरको क्षति भएको जनाएको छ । आगलागी नियन्त्रण गर्न प्रहरी चौकी जुगार, प्रहरी चौकी बुढागाउ कोइला, नेपाल रेडक्रस सोसाइटी उपशाखा जुगार, सन्त निरंकारी मण्डल जुगार तथा वडा नं ५ र ६ का वासिन्दा घटनास्थल पुगेका थिए ।

तपाइको मत