ललितपुरमा प्रहरी इन्काउन्टरमा प्रवीण खत्रीको मृत्यु

२३ साउन ०७४, ललितपुर । ललितपुरको कुसुन्तीमा प्रहरी इन्काउन्टरमा लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको ज्यान गएको छ ।

खत्रीलाई प्रहरीले पछ्याउँदै गर्दा उनले फायर खोलेपछि आफूहरुले जवाफी कारबाही गरेको प्रहरीले बताएको छ ।

एसपी प्रकाशजंग कार्कीका अनुसार प्रहरी टोलीले उनलाई बिहानैबाटै पिछा गरेको थियो ।

महानगरीय अपराध महाशाखाको टोली खत्रीसँग हतियार रहेको सुराकीका आधारमा उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

उनले भने, ‘दुई वटा पेस्तोल भेटिएको छ । प्रहरीको गोली लाग्यो कि उनी आफैंले गोली हाने थाहा छैन ।’

गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।

तपाइको मत