लागत अनुसार अण्डाको मूल्य कायम गर्न किसान र व्यवसायी एकमत !

काठमाडौँ । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा किसान र व्यवसायी बीच सहमति भएसँगै नयाँ मूल्य कायम भएको हो । नयाँ मूल्यअनुसार उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् ।

कायम भएको नयाँ मूल्य अनुसार बिक्रि बितरण नगर्नेलाई कार्वाही गरिने पनि संघले जनाएको छ । मूल्य लागू गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग अलग ७/७ सदस्ययी समिति गठन गरिएको छ ।

किसानहरू धेरै समयदेखि अण्डाको रेट नपाएर व्यवसाय धरासीय भएको अवस्थामा नेपाल दाना, अण्डा, कुखुरा वितरक संघले काठमाडौँमा आम उत्पादक, सप्लार्यसहरु भेला गरेर नयाँ मूल्य कायम गरेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।

उनले नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको पहलमा भएको मूल्य बृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा बताए ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष अर्जुन अर्यालले दुबै पक्षको अग्रसरतामा मूल्य बृद्धि गरिएकाले यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी किसान तथा सप्लार्यसहरूले अण्डा संघको विवादमा पक्ष विपक्ष हुदाँ समग्र पोल्ट्री क्षेत्रलाई असर गरेको बताए ।

उनले अण्डा बिकाउने नाममा केही खराब किसान र व्यवसायीकै कारण मूल्यमा आफू खुसी गर्दा समस्या परेको पनि बताए ।

यसअघि भदौ ३१ गते सोही संघले चितवनमा देशव्यापी रुपमा उत्पादक, सप्लार्यस, वितरकहरुको भेला राखी अण्डाको किसान क्रेट रेट २५० कायम गरेका थिए । अब काठमाडौँका किसानहरूले पाउने रेट २ सय ६५ रुपैयाप्रति क्रेट हुने जानकारी दिए ।

कार्यक्रममा पोल्टी महासंघका उपाध्यक्ष अर्जुन कुमार अर्याल, राष्ट्रिय कुखुरा विक्रिवितरण संघका अध्यक्ष जंगबहादुर बेलबासे, व्यवसायिक मञ्चका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने लगायतको सहभागिता रहेको थियो ।

यतको सहभागिता रहेको थियो ।

तपाइको मत