२५ भदौ ०७४, बझाङ । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय, बझाङ्गको संयुक्त टोलीले २० केजी लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक ऋषीराम कडेलले सुर्मा गाउँपालिका ५ बस्ने ४० वर्षीय गिठे बोहरा र सोही ठाउँका २८ वर्षीय दीपक बोहरालाई आरआईटीका प्रहरी हवल्दार हर्क कुवँरको सहयोगमा २० केजी चरेशसहित नियन्त्रणमा लिइएको बताए ।
प्रहरी नायब उपरीक्षक कडेलले पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय राखिएको जानकारी दिए ।