३ साउन ०८१, बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व पहिलो चरणमै पाउनुपर्ने अडान राखेको छ ।
नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले यसअघि नेकपा (माओवादी केन्द्र) माओवादी र नेकपा एमालेले सरकारको नेतृत्व गरिसकेकाले यसपटक आफूहरूले मुख्यमन्त्री दाबी गरेको बताए ।
‘हामीले यसपटक आफैं नेतृत्व गर्नुपर्छ भन्ने अडानमा छौं,’ पुनले भने, ‘तर, प्रदेशलाई बलियो बनाउन प्रदेश सरकारको निर्णय प्रदेश समितिलाई नै गर्न दिनुपर्छ भन्ने हाम्रो अडान रहेको छ ।’
यता एमाले संसदीय दलका सचेतक तुल्सीप्रसाद चौधरीले भने शीर्ष नेताबीच लुम्बिनीको नेतृत्व पहिलो चरणमा एमालेले गर्ने सहमति नै कार्यान्वयन हुने बताएका छन् ।
यदि लुम्बिनीमा एमालेले नेतृत्व पाएको अवस्थामा संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुनेछन् ।