लुम्बिनी ईट्टा संघद्वारा बाढीपीडितलाई सहयोग

रबिन्द्र प्रताप गुप्ता


८ भदौ ०७४, भैरहवा । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले तराईका जिल्लाहरुमा बाढीबाट प्रभावित भएकाहरुका लागि राहत प्रदान गरेको छ ।

संघका अध्यक्ष थानेश्वर घिमिरे लगायतका पदाधिकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई १ लाख ११ हजार १ सय १ रुपैयाँ चेक हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरण कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मैनालीले प्राकृतिक विपत्ति बाढीको प्रकोपबाट प्रभावितहरुलाई राहत र पुनस्र्थापना गर्न सबैको सहयोगको खाँचो रहेकोे उल्लेख गर्दै संघको सहयोगको प्रशंसा गरे ।

त्यस्तै लुम्बिनी ईट्टा उद्योग संघ रुपन्देहीका सचिव अजय कुमार गुप्ताले बाढीपीडितलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको बताए ।

तपाइको मत