९ मंसिर ०७५, काठमाडौं । अन्तराष्ट्रिय अभियानको रुपमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट देशभर सुरु भएको छ ।
लैङ्गिकताको आधारमा हुने सबै प्रकारका हिंसा र अपराधलाई अन्त्य गर्दै सबै लिङ्गका मानिसलाई बिना भेद्भाव सम्मानित जीवनयापन गर्न सक्षम तुल्याउने उद्देश्यले सो अभियान आयोजना गरिएको हो । मंसिर २ गते बसेको मन्त्रिपरिषदको बैठकले आजदेखि मंसिर २५ गतेसम्म यो अभियान संचालन गर्ने निर्णय गरेको थियो ।
सरकारले आइतबारदेखि सातै प्रदेश, ७७ जिल्ला समन्वय समिति, ७५३ स्थानीय तह, सबै वडा र बिभिन्न संघ संस्थालाई यो अभियानलाई दिवसका रुपमा मनाउन आह्वान गरेको छ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका अनुसार यसवर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा र दुव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने तय गरिएको छ । वि.सं.२०५४ सालदेखि लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको थियो ।













