ल्ह्यारक्याल विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

३० बैशाख, काठमाडौ । एमाओवादीका निलम्बित सांसद ल्ह्यारक्याल लामालाई भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएकोे अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । लामा विरुद्ध ९ करोड ४४ लाख ७२ हजार १ सय ७९ रुपैयाँ भ्रष्टाचारको अभियोग लगाइएको छ ।

लामाले पदमा रहँदा अधिकारको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरी उच्चस्तरको जीवनयापन गरेको उजुरी परेको अख्तियारले जनाएको छ ।

वि.सं. २०५८ सालमा गुम्बा विकास समिचिमा अध्यक्ष नियुक्त भएका लामा त्यसयता नेपाल सरकारको राज्यमन्त्री, संविधानसभा सदस्य हुँदै व्यवस्थापिका संसद सदस्य पदमा बहाल रहेका छन् ।

उनले सार्वजनिक पद–धारण गर्नुअघि र पछि आर्जन गरेको चल अचलसम्पत्ति र आयको अनुसन्धान गर्दा वास्तविक आम्दानीभन्दा सम्पत्ति बढी देखिएको अख्तियारको दावी छ ।

तपाइको मत