४ असार ०७५, काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ ।
पित्तथैलीको क्यान्सरबाट गम्भीर बिरामी देवकोटाको सोमबार अपरान्ह ५ बजेर ३५ मिनेटमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म न्यूरो अस्पतालमा नै राखिने छ ।
डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गरेका थिए । उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गरेका थिए ।
प्रेस विज्ञप्ति: