वाईसिएलको म्याग्दे गाउँ समिति अध्यक्षमा हर्क राना निर्वाचित

 

नवनिर्वाचित अध्यक्ष हर्क रानालाई कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष राजन नेपाली ।

३१ असार ०८०, तनहुँ । योङ्ग कम्युष्टि लिग (वाईसिएल) नेपाल म्याग्दे गाउँ समितिको चौथो अधिवेशनबाट हर्क राना सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन् ।

शनिबार म्याग्देको तिल्याटारमा भएको चौथो अधिवेशनले रानाको अध्यक्षतामा उपाध्यक्षद्वय नवीन श्रेष्ठ, निरज श्रेष्ठ, सचिव अशोक सुनार, सहसचिव दीपक सदाशंकर र कोषाध्यक्ष दीलशोभा विक रहेको ३७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

वाइसिएल म्याग्दे गाउँ समितिका नवनिर्वाचित अध्यक्ष हर्क रानाकाअनुसार उक्त अधिवेशनमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य आशा कोइराला, केन्द्रीय सल्लाहकार इन्द्रबहादुर अधिकारी, पार्टीका गण्डकी प्रदेश परिषद सदस्य दलबहादुर विक, म्याग्दे गाउँ समिति इन्चार्ज डिलबहादुर नेपाली, अध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष होमबहादुर आले, सहसचिव शम्भु सदाशंकर, कोषाध्यक्ष राजन नेपाली, वाइसिएल केन्द्रीय अनुशासन विभाग सदस्य विकास नेपाली, वाइसिएल गण्डकीका संयोजक शरण सापकोटा, वाइसिएल तनहुँका संयोजक केहरसिं आलेको आतिथ्य रहेको थियो ।

अतिथिका साथमा नवनिर्वाचित पदाधिकारीसहित कार्यसमिति सदस्यहरु