१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै वाईसीएल कार्यकर्तालाई निद्राबाट ब्यूँझन निर्देशन दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै देशमा दक्षिणपन्थी हावा चलेको भन्दै वाईसीएल कार्यकर्तालाई निद्राबाट ब्यूँझन निर्देशन दिएका हुन् ।
उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता र समावेशीता उल्टाउन चाहेको बताउँदै ७० वर्षको क्रान्ति र त्यसका उपलब्धिहरुलाई उल्टाउने प्रयास भइरहेको बताए ।