विखण्डनकारी शक्तिलाई रोक्न राजपालाई चुनावमा ल्याउनु जरुरी : राप्रपा अध्यक्ष थापा

१७ साउन ०७४, राजविराज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनको पक्षमा मतदानको कुरा सदनमा निर्णयार्थ टेवुल गरिएपछि मात्र निर्णय गर्ने स्पष्ट पारेको छ ।

सोमबार सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले वर्तमान सरकार मधेशको समस्या समाधान गर्न र संविधान कार्यान्वयन गर्न गम्भिर नभएको भन्दै संविधान संशोधन प्रस्ताव टेवुल गरिए मात्र पक्ष वा विपक्षमा मतदान गर्ने वारे उपयुक्त निर्णय लिने स्पष्ट पारेका हुन् ।

“पहिलो कुरा मधेशको समस्या समाधान गर्न कांग्रेस माओवादी गम्भिर देखिएका छैनन्” थापाले भने, “मधेशवादी दललाई अलमल्याउन मात्र संशोधनको प्रस्ताव चाँडै टेवुल गर्ने हल्ला गरिएको हो ।”

उनले सत्तारुढ दल कांग्रेस र माओवादीको स्वार्थ र नियतले नै आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउन नचाहेको दोषारोपण गर्दै यदि यसो गरिए मुलुकका लागि दुर्भाग्य हुने बताए ।

मधेशको समस्य अविलम्व समाधान नगरिए अहिले सानो रुपमा देखिएको विखण्डनकारी र अतिवादी समुह र शक्ति अघि बढ्न खतरा रहेको जिकिर गर्दै उनले संविधान भित्रै अधिकार खोजिरहेका आन्दोलनरत् उदारवादी मधेश केन्द्रित दलको जायज माग सम्बोधन गरी सहकार्य गर्दै अघि बढ्नु मुलुकको हितमा रहेको बताए ।

तपाइको मत