विगतमा गद्दार र संशोधनवादी आज प्रतिभाशाली व्यक्तित्व : हिजो जडसूत्रवादी आज राजनीतिक गुरु !

p-k७ माघ, काठमाडौं । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा कृष्णदास श्रेष्ठद्वारा लिखित दुई पुस्तक भौतिकवादी सौन्दर्य चिन्तन केही समीक्षा र भौतिकवादको विकासको इतिहास नामक दुई कीर्तिको विमोचन कार्यक्रममा दुई माओवादी नेताले एक–अर्काको खुलेर प्रशंसा गरे ।

माओवादी टुटफुटको समयमा प्रचण्डले किरणलाई जडसूत्रवादी र समयअनुसार चल्ने नसक्ने संगीन आरोप लगाएको थियो भने किरणले पनि प्रचण्डलाई गद्दार र संशोधनवादीजस्ता आरोप लगाएको भए पनि बिहीबार कृष्णदास श्रेष्ठद्वारा लिखित दुई पुस्तकको लोकार्पण गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको प्रशंसा गर्दै किरणलाई राजनीतिक गरु साथै किरणबाटै आफूले माक्र्सवादी दर्शन, सौन्दर्य सास्त्र र समाज बुझ्ने ज्ञान हासिल गरेको बताउँदै  माक्र्सवाद, सौन्दर्य सास्त्र र समाजलाई जसरी बुझें त्यसको श्रेय उहाँ (किरण)लाई नै बताए ।  त्यसैगरी किरणले पनि प्रचण्डलाई प्रतिभाशाली र सम्मानित व्यक्तित्वको पगरी गुथाउँदै क्रान्ति हाँक्न सक्ने प्रतिभा र क्षमता देखेर नै विगतमा पार्टीको नेतृत्व प्रचण्डलाई दिएको बताए ।

सम्बोधनमा क्रममा प्रचण्डले मुलुक र जनता संकटमा परेकाले माओवादी शक्तिहरु बीचको एकता जरुरी भएको बताए भने मोहन वैद्य किरणले विचार र सिद्धान्तमा समानता कायम गरी छिटै पार्टी एकता गरिने घोषणा गरे ।

माओवादी पार्टी विभाजन भएपछि दुई माओवादीका दुई शीर्ष नेताले एउटै मञ्चमा उभिएर सार्वजनिक रुपमा एक अर्कालाई गरेको प्रशंसालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाइको मत