घरघरमा जमरा राखी घटस्थापना मनाईंदै

१२ असोज ०७६, काठमाडौं । नेपालीहरुको पर्व विजयादशमीको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना मनाईंदैछ ।

नवरात्रको पहिलो दिन सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश, दियो र गणेश स्थापना गरी जौको जमर राख्ने चलन छ ।

घटको पूजा गर्नाले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ ।

त्यस्तै, हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक बिहान १०ः३५ को शुभसाइतमा घटस्थापना गरिएको छ ।

दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो ।

तपाइको मत