विदेशी कामदारबाट लेबी कटौती नगर्न मलेसियाका गृहमन्त्री हमिदीको निर्देशन

malaysia

काठमाडौं । मलेसियाका गृहमन्त्री अहमद जाहिद हमिदीले विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नु पर्ने निर्णय गरेसँगै यसको प्रत्यक्ष लाभ नेपालीसहित त्यहाँ कार्यरत विदेशी कामदारलाई हुने भएको छ । जनवरी १ बाट यो लागू हुनेछ । यो नयाँ नियम ‘इम्प्लोयर म्यान्डेटोरी कमिटी (ईएमसी)मातहत आएको हो ।

नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ । गृहमन्त्री हमिदीले विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड छिट्टै ल्याउने बताएका छन् ।

तपाइको मत