विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेजबीच पश्चिम-सेतीको मस्यौदामा हस्ताक्षर

४ माघ, काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणसम्बन्धी नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच संयुक्त उपक्रम सम्झौता भएको छ ।

IMG_20170114_153527

सोमबार भएकाे सम्झौतामा प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङ र सीटीजीआईका उपाध्यक्ष युआन झिमायोले सम्झौता मस्यौदामा हस्ताक्षर गरेका छन् भने सम्झौताअनुसार सीटीजीआईले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछ ।

व्यवस्थापिका संसद्को तत्कालीन प्राकृतिक स्रोतसाधन समितिले प्राधिकरणमार्फत सरकारले शतप्रतिशत सेयर चिनियाँ कम्पनीको हुनुपर्ने गरी सुरुमा गरेको समझदारी उल्ट्याउँदै नेपाल सरकारको कम्तिमा २५ प्रतिशत सेयर हुनुपर्ने निर्देशन दिएको थियो ।

यही निर्देशनका कारण दुवै पक्षबीच पाँच वर्षसम्म सम्झौता हुन नसकी आयोजना अघि बढ्न सकेको थिएन ।

सम्झौतालाई ‘मस्यौदा’ भनिएको छ र सम्बद्ध कम्पनीको सञ्चालक समितिले पारित गरिनुपर्ने भनिएको छ । बैठकमा उपस्थित एक प्रतिनिधिकाअनुसार सम्झौतामा आयोजनाको लागत, निर्माण सुरु हुने मिति, सम्पन्न हुने समय र आयोजनाको क्षमताबारे केही उल्लेख गरिएको छैन ।

तपाइको मत