१६ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राति १२ बजेपछि भारतबाट थप ४० मेगावाट विद्युत आयात गर्दैछ ।
प्राधिकरणले भारतको मुज्जफपुरदेखि ढल्केबरसम्म्को अन्तरदेशीय प्रसारणलाइनबाट थप विद्युत भित्र्याउन लागेको हो । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार जनवरी १ देखि थप ४० मेगावाट भित्र्याउने गरी भएको सम्झौताअनुसार विद्युत ल्याउन लागिएको हो ।
थप विद्युत ल्याउन भारतको मुज्जफपुरमा रहेको स्टेशनमा नयाँ ट्रान्सर्फमर जडान गरिएको छ । अहिलेसम्म भारतबाट ३ सय मेगावाट बिजुली आयात भइरहेको छ । अब यो बढेर ३ सय ४० मेगावाटको हाराहारीमा पुग्नेछ ।
लोडसेडिङ हटाउन विद्युत प्राधिकरणले भारतबाट साढे ५ सय मेगावाट बिजुली भित्र्याउन खोजेको छ । फेब्रुअरीदेखि टनकपुरबाट पनि थप ४० मेगावाट विद्युत आयात हुनेछ । यस्तै अन्य अन्तरदेशीय प्रशारणलाइनबाट पनि अरु थप ४० मेगावाट ल्याउने योजना रहेको प्रवक्ता अधिकारीले बताए ।
उनले सन् २०१६ मा प्राधिकरण्काले लोडसेडिङ हटाउन गरेको प्रयत्नलाई सबैले सकारात्मक रुपमा लिएकाले सन् २०१७ भित्रै देशलाई लोडसेडिङमुक्त घोषण गर्ने अभियानमा थालिएको बताए ।