७ साउन ०७५, काठमाडौं ।

पछ्यौरीको फेरोले आँशु पुछ पार्वती !
सिङ्गो जीवन बाँकी छ, हाँस्न सिक पार्वती !
कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक बिनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् ।
एकल महिलालाई प्रोत्साहन तथा सम्मान हुने गरी बजारमा आएको म्युजिक भिडियो सार्वजनिक भएसँगै यतिबेला चर्चामा छ ।
हालैसालै सार्वजनिक यो गीतमा आसुँमा डुब्ने र एक्लो महशुस गर्ने होइन, हाँस्न र बाँच्नका लागि संसार ठूलो छ भन्ने भाव व्यक्त गरिएको छ ।
गायक बानियाले भने, सम्पूर्ण एकल आमा र एकल महिलाहरुको समर्पणमा यो गीत तयार पारिएको बताए ।
‘यो एकल माहिलामाथि लेखिएको गीत हो,’ गायक बानियाले भने, ‘सबै एकल आमा र एकल महिलाहरुको समर्पणमा यो गीत तयार पारिएको हो ।’
यस्तै कवि तीर्थले एकपटक खुसी खोसिए पनि फेरि खुसी आउन सक्ने भावमा गीत रचिएको भन्दै गायक बानियाले गीतलाई न्याय गरेको बताए ।
तिर्थले भने, ‘गायक बानियाले गीतलाई न्याय गरेका छन् । भिडियो पनि एकल महिलाको संवेदनालाई न्याय गर्दै बनेको छ ।’ यो गीत लमजुङको भुजुङ गाउँमा देखिएको दृश्यले जन्मिएको पनि कवि श्रेष्ठले खुलासा गरे ।
एसियन म्युजिकको प्रस्तुति र विभोर पोखरेलले निर्देशन गरेको भिडियोमा विकास लामिछाने, सिर्जना जिसी, अनील लामिछानेले अभिनय गरेका छन् । हरि लम्सालको संगीत रहेको म्युजिक भिडियो यतिबेला युट्युबमा समेत मन पराइएको छ ।
दुई दशकदेखि संगीत कर्म गरिरहेका गायक बानियाले चर्चामा रहेको ‘म त बलेनीमा’ गीतपछि यो गीत बजारमा ल्याएका हुन् ।













