विपक्षी गठबन्धनद्वारा अन्तरक्रिया, भातृ संगठनले ग-यो सडक प्रदर्शन

१० असार ०७८, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध बनेको विपक्षी गठबन्धनका भातृ संगठनले सडक प्रदर्शन गरेका छन् ।

बिहीबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी, नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनले काठमाडौंमा सडक प्रदर्शन गरेका हुन् ।

प्रदर्शनी मार्गमा निस्किएका विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

आजै विपक्षी गठबन्धनले राजधानीमा सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले सबै नेताहरु उस्तै नभएको बताएका छन् ।
‘गणतन्त्रको झण्डा उठाउने माधवकुमार नेपाल र बयलगाढाको सिद्धान्त केपी ओली उस्तै उस्तै हो ?’ प्रचण्डले कार्यक्रममा प्रश्न उठाएका थिए, ‘संविधान बनाउने र संविधान सिध्याउने उस्तै हो ?’

यस्तै नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कोर्स करेक्सन गरेर आए स्वागत गर्नुपर्ने बताएका छन् ।

ओलीले आफ्नो गल्ती स्वीकार गर्दै राजीनामा दिएर कोर्स करेक्सन गरे स्वीकार गर्नुपर्ने नेता नेपालले बताए ।