विपन्न र असहायहरुलाई महादेवा गाउँपालिका – १ द्वारा राहत वितरण

देवराम यादव/ ५ जेठ ०७७, राजविराज । सप्तरी जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर १ को कार्यालयले पकरीमा दलित, विपन्न, असहाय परिवारका ४ सय ५० परिवारलाई राहत बितरण गरेको छ ।

महादेवा गाउँपालिका वडा नं. १ ले बन्दाबन्दीका कारण साँझबिहानको छा टार्न समस्या भएका दलित, विपन्न, असहाय व्यक्तिहरुलाई सोमबार राहत बितरण गरेको हो ।

वडाध्यक्ष जयश्वर किशोर दासले प्रतिव्यक्ति चामल १५ किलो, दाल २ किलो, खानेतेल १ लिटर, नून १ किलोको दरले दिइएको जनाकारी दिए ।

ढिलो भए पनि दलित, विपन्न, असहाय परिवारलाई राहत वितरण भएपछि स्थानीयले खुसी देखिन्थे ।

राहत वितरणमा वडा सचिव शिव कुमार मण्डल, नेकपाका दल प्रतिनिधि जय नारायण यादव, नेपाली काँग्रेसका महमद मुस्लिम,सजपाका बौवालाल यादव, राजपाका योगेन्द्र्र यादव, वडा सदस्य कमल प्रसेला, प्रहरी कार्यालय पकरीका प्रमुख वीर बहादुर कार्की, पत्रकार देवराम यादव, भगतलाल यादव, सुनिल मण्डल, शसस्त्र प्रहरीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।