विप्लव समूहले प्रयोग गर्दै आएको ‘रातो घर’ नियन्त्रणमा

४ चैत्र ०७५, रुपन्देही । प्रहरीले नेकपा विप्लव समूहले कब्जा गरी प्रयोग गर्दै आएको ‘रातो घर’ नियन्त्रणमा लिएको छ ।

प्रहरीले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको एक सातापछि ‘रातो घर’ आफ्नो नियन्त्रणमा लिएको हो । रातो घर पुगेको प्रहरी टोलीले ताल्चा फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाएका थिए ।

बुटवलको पाल्पारोडस्थित ‘रातो घर’ भनेर चिनिएको राष्ट्रिय वाणिज्य बैंकको भवन लामो समयदेखि विप्लव समूहले कब्जा गरेर प्रयोग गर्दै आएका थिए ।

 

तपाइको मत