२८ चैत्र ०७९, विराटनगर । नयाँ वर्ष २०८० बैशाख १ गतेदेखि विराटनगरको सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन निषेध हुने भएको छ ।
नगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरको गत पुस २७ गते बसेको नगरसभाले महानगर क्षेत्रभित्र धुम्रपान, सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्ने निर्णय लिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए ।
केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो ।