२६ मंसिर ०७७, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय संगठन विभागको बैठकले सरकारसँग कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गरेको छ ।
संगठन विभागका सचिव बिनकुमार विश्वकर्माका अनुसार शुक्रबार बसेको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको खोपलाई नेपालमा सर्वसुलभ र सहजरुपमा आपूर्तिको पहल अगाडि बढाउन आग्रह गरेको छ ।
बैठकले मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठको जघन्य हत्या गरिएको घट्नालाई गम्भीरतापूर्वक लिई हत्यामा संलग्नलाई कडा कारवाही गर्न पनि माग गरेको छ ।
सचिव विश्वकर्माले मङ्सिर २९ गते देशभर आयोजना गर्ने विरोध कार्यक्रमलाई सशक्त बनाउने निर्णय बैठकले गरेको पनि बताए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि केहीदिन अघि तनहुँमा प्रशासनबाट दुव्र्यहार भएको भन्दै कांग्रेसले मङ्सिर २९ गते देशभर विरोध कार्यक्रम गर्ने बताएको छ ।