विशालबजारस्थित मख्खन गल्लीको साडी-चोलो गोदाममा आगलागी

१२ पुस, काठमाडौं । राजधानीको विशालबजारस्थित मख्खन गल्लीमा सञ्चालित साडी-चोलो गोदाममा आगलागी भएको छ ।

bishal-bazar

मंगलबार अपरान्ह फेमस चेलीबेटी साडी-चोलो गोदाममा विद्युत सर्ट भएर आगलागी भएको हो ।

स्थानीय निरन्जन स्पापितको घरमा प्रकाश श्रेष्ठ र दीपक पाठकले संयुक्तरुपमा साडी चोलोको गोदाम सञ्चालन गरेका थिए । व्यस्त  विशाल बजारमा एक्कासी आगलागी भएपछि न्यूरोड क्षेत्रमै भागदौड भएको थियो ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी सन्तोष आचार्यका अनुसार काठमाडौंका चार र ललितपुरका एउटा गरी पाँच वटा दमकलको मद्दतमा एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

सहरकोबीच भागमा आगलागी भए पनि साडीचोलो गोदामबाहेक अन्य पसलमा क्षति हुन पाएन ।

तपाइको मत