विश्वका श्रमिकहरूका प्रेरणास्रोत “मई दिवस”को शुभकामना – जयपुरी घर्ती

१८ बैशाख ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तीले १३०औं मई दिवसको शुभकामना व्यक्त गरेकी छन् ।

संघीय संसदकाे शिक्षा तथा स्वास्थ्य समिति सभापति समेत रहेकी घर्तीले १३०औं मई दिवसकाे अवसरमा नेपाल र विश्वका श्रमिकहरूसँग जुझारु ऐक्यबद्धतासहित हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेेकी हुन् ।

असिमित कार्य घण्टालाई घटाउन अमेरिकी श्रमिकहरूले शिकागो शहरको हे–मार्केट चोकमा श्रमिकसभा गरी आन्दोलन थालनी गरेपछि यही संघर्ष नै पेशागत हकहित र सुरक्षाका लागि विश्वका श्रमिकहरूका लागि प्रेरणा स्रोत बनेको इन्चार्ज घर्तीले शुभकामनामा उल्लेख गरेकी छन् ।

श्रमिकहरूले एक दिनलाई तीन भाग (आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरन्जन, भेटघाट)मा विभाजन गरी संघर्ष अघि बढाएकाे र अन्ततः श्रमिकहरूको बलिदानपूर्ण संघर्षले सफलता प्राप्त गरेपछि विश्वमा प्रथम पटक ‘मई दिवस’ सन् १८९० को मई १ तारिखका दिन मनाइएकाे र साेही संघर्षकाेे सफलताकाेे प्रतीक दिनका रूपमा यसवर्ष १३०औं मई दिवस मनाउन लागिएकाे उनले बताएकी छन् ।

शुभकामनाकाे पूर्णपाठ :

तपाइको मत