विश्वासको मत अस्वीकृत : कामचलाउ प्रधानमन्त्री बने ओली

२७ बैशाख ०७७, काठमाडौं । प्रतिनिधिसभाको बहुमतले संसदमा प्रस्तुत विश्वासको मत अस्वीकृत गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भई कामचलाउ भएका छन् ।

सोमबार संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि भएको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १२४ साथै १५ तटस्थ मत खसेसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भई कामचलाउ प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री पदमा कायमै रहन ओलीले १३६ मत पाउनु पर्ने थियो तर उनले ९३ मत मात्रै पाए ।

सत्तारुढ दल एमालेका १२१ सांसद रहेकोमा एमालेकै माधवकुमार नेपाल समूहका सांसदहरु आजको संसद बैठकमा उपस्थित भएका थिएनन् ।