वीरगंज नाका खोल्ने राजेन्द्र महतोको प्रस्ताव खारेज गर्दै महन्त ठाकुर !

Rajendra and Mahanta २१ माघ, काठमाडौं । नयाँ संविधान जारी भएसँगै मधेशमा उर्लिएको आन्दोलनमा चर्चामा रहेको एक पात्र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्जको नाकाबन्दीले सरकारलाई नछोएको भन्दै नाकाबन्दी खोल्ने प्रस्ताव मोर्चामा आफूले लैजाने बताइरहेका बेला आन्दोलनका एक घटक तमलोपाका अध्यक्ष नेता महन्त ठाकुरले बुधबार वीरगंजमा पत्रकार सम्मेलन गरी नाकाबन्दी जारी राख्ने बताएका छन् ।

मधेस आन्दोलनका पक्षमा भारतको बिहारमा पुगेर लबिङ समेत गरेर फर्किएका नेता महतोले सबै नाका खुलिसकेको र एउटा मात्रै नाकाको नाकाबन्दीले सरकारलाई कुनै दबाब नपरेकाले जनतालाई दुःख नदिन नाकाबन्दी खोल्न लागेको अनलाइनखबरसँगको कुराकानीका क्रममा बताएका हुन् ।

तपाइको मत