वीरगन्जको वनस्पति घिउ उद्योगमा आगोलागी

२१ असार ०७६, काठमाडौं । वीरगन्ज महानगरपालिका–२१ परवानीपुर नजिकै रहेको सुशील वनस्पति घिउ उद्योगमा आगोलागी भएको छ ।

शुक्रबार राति करिव २ बजेदेखिसुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

विद्युत सट भई सुरु भएको आगो निभाउन वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, कलैया नगरपालिका अमलेखगञ्जलगायतका ठाउँबाट आएका सात वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लगायतले नियन्त्रण गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

घिउ, तेल उद्योग भएको कारण आगो नियन्त्रण गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

तपाइको मत