वी.पी. स्मृती कप टी–२० महिला क्रिकेटको उपाधि बाराको कब्जामा

बारा । सोबिज मेडिया ग्रुप वी.पी. स्मृती कप टी–२० महिला क्रिकेट त्रिकोणिय प्रतियोगिता अन्तर्गत बारा क्रिकेट टिमले उपाधि आफ्नो कब्जामा पारेको छ ।

शनिबार  सिद्धेश्वर खेल परिसरमा  भएको फाईनल खेलमा बारा क्रिकेट टिमले २७ रनले काठमांडौ क्रिकेट टिमलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

बाराका लागि सिता श्रेष्ठले ४४ बल खेली ४३ रन, कृति सेनले १५ बल खेली १३ रन बनाएकी थिईन । १९ ओभर ४ बलमा बारा क्रिकेट टिमले आफनो सम्पुर्ण विकेट गुमाई ९४ रन बनाएको थियो । भने काठमांडौका बलर रितु कोनोजियाले २ विकेट, आरती विडारीले २ विकेट लिएकी थिईन । काठमांडौका लागि आरती विडारीले ३३ बल खेली २० रन, कन्चन श्रेष्ठले ३३ बल खेली २२ रन बनाएकी थिईन । बाराका बलर आर्या अर्याले तिन ओभरमा तिन रन दिएर ३ विकेट लिएकी थिईन । बाराका अर्का बलर पुजा गिरीले २ विकेट लिएकी थिईन । काठमांडौले १६ ओभर ५ बलमा सम्पुर्ण विकेट गुमाएर ६७ रन मात्र बनाउन सकेको थियो ।

प्रतियोगिताको बाराकी सिता श्रेष्ठ ४३ रन बनाउनुको साथै एक विकेट पनि लिन सफल हुँदै ओमैन अफ द म्याच घोषित भइन । । त्यस्तै प्रतियोगिता अन्र्तगत उत्कृष्ट बलर काठमांडौ कि शान्ति खतिवडा, उत्कृष्ट ब्याडसओमैन बाराकी कृति सेन, ओमैन अफ द सिरिज काठमांडौ कि आरती विडारी भएकी थिईन ।

विजेता टोली बारा क्रिकेट टिमलाई नेपाली कांग्रेसका केन्द्रिय  सदस्य तथा बारा क्षेत्र नं. ३ का सांसद फरमुल्लाह मंसुरले नगद २० हजार सहित ट्रफी प्रदान गरेका थिए । त्यसैगरी उपविजेता काठमांडौ क्रिकेट टिमले नगद १० हजारमै चित बुझाउनु परेको थियो । कलैया क्रिकेट क्लब र युवा साझेदारी केन्द्र बाराको संयुक्त आयोजनामा बारामा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता भएको हो ।

तपाइको मत