१८ फागुन ०७९, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट विद्यार्थी आफैँले गर्नसक्ने व्यवस्था गरेको छ ।
वैदेशिक अध्ययन अनुमति शाखाले अबको केही हप्तापछि नै विद्यार्थी एनओसी लिन कार्यालय आउनु नपर्ने जनाएको छ ।
शाखाकाअनुसार विद्यार्थीले दिएको आवेदन शाखाबाट प्रमाणित गरेपछि आफैंले प्रिन्ट गर्न सकिने छ ।