४ साउन, काठमाडौं । सरकारले व्यवस्थापन समिति विघटन गरेर सामूदायिक विद्यालयलाई अस्तव्यस्त पारेको भन्दै नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति संघले विरोध गरेको छ ।
संघले मंगलबार राजधानीमा पत्रकार सम्मेल गरेर शिक्षा ऐन २०२८ को आठौं संशोधनले सामूदायिक विद्यालयबाट व्यवस्थापन समिति खारेज गर्ने निर्णयको विरोध गरेको हो ।
संघका अध्यक्ष मणिराम गिरीले प्रमाणिकृत ऐनप्रति आफूहरुको सम्मान रहेको तर सामुदायिक विद्यालयहरुमा अविच्छिन्न व्यवस्थापन समितिको व्यवस्था हुनुपर्ने माग गरे ।