४ माघ, काठमाडौं । स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँको उत्तर पूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा मिसाइएको भन्दै यहाँका सबै दल विरोधमा उत्रिएका छन् ।
पुरातात्विक, ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा मिसाइएको भन्दै यहाँका सबै दल विरोधमा उत्रिएका हुन् ।
असन्तुष्ट स्थानीयवासीले सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाउ सङ्घर्ष समिति गठन गरेका छन् ।
सांसद कुइँकेलले काठमाडौँमा बस्ती विकास हुनुपूर्व तीन हजार ३०० वर्षअघि राजा शङ्खदेवले सात गाउँ र हजार घरको दाहिने शङ्ख आकारको सहर बसालेकाले यसको ऐतिहासिक अस्तित्व मेटाउन नहुने बताए ।
उनले इलाकालाई आधार मानेर भौगोलिक बनावटलाई पनि ध्यान दिँदै यसअघि नगरपालिकामा क्रियाशील सबै राजनीतिक दलको सहमतिमा शङ्खरापुर नगरपालिका नै हुनुपर्ने जिल्ला प्राविधिक सहयोग समितिमा सिफारिस गरिएकोमा आयोगले गाभेर प्रतिवेदन बुझाएपछि विरोध गर्नुपरेको बताए ।
विसं २०६८ को जनगणनाअनुसार शङ्खरापुर नगरपालिकामा २५ हजार र दक्षिणकाली नगरपालिकामा २७ हजार जनसङ्ख्या रहेको छ ।