शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने आफ्नो चाहना अधुरै रह्यो – शान्तिमन्त्री सितादेवी यादव

२३ जेठ ०७४, काठमाडौं । शान्तिमन्त्री सितादेवी यादवले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने आफ्नो चाहना अधुरै रहेको बताएकी छन् ।

मन्त्री यादवले आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा शान्ति मन्त्रालयको सबै काम निष्कर्षमा पुर्‍याउने आफ्नो चाहना अधुरै रहेको बताएकी हुन् ।

‘मेरो इच्छा थियो यो शान्ति प्रक्रियाको, शान्ति मन्त्रालयको सबै काम निष्कर्षमा पुर्‍याउने तर तपाईंहरुलाई थाहै छ यो हुन सकेन ।’ शान्तिमन्त्री यादवले भनिन् ।

मन्त्री यादवले दश वर्षे सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिन आफूले सक्दो प्रयास गरेको बताइन् । मन्त्रिपरिषद सदस्यहरुबाट पनि राम्रो सहयोग पाएको उनले जानकारी दिइन् । आफू मन्त्रिपरिषदको एक्ली महिला भएकाले पनि धेरै सहयोग पाएको उनको निष्कर्ष छ ।

तपाइको मत