५ भदौ ०८०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक सुरुभएको छ । उक्त बैठकमा एमालेका नेताहरु अनुपस्थित रहेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले सर्वदलीय बैठक सुरुभएको जानकारी दिँदै बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयास र समसामयिक राजनीतिबारे छलफल हुने बताए ।
एमालेले क्वीन्टल सुन तस्करीको विषयलाई लिएर गत साउन १० गतेदेखि निरन्तर संसद अवरुद्ध गरेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् ।