२२ बैशाख ०७७, काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् प्रदेश २ संयोजक देवकुमार यादवले विद्यालयको भर्ना खोल्न हतार गर्न नहुने बताएका छन् ।
कोरोना भाइरसले देश लकडाउनमा गएपछि सबै शैक्षिक संस्था बन्द रहेको अवस्थामा नयाँ भर्नाले चर्चा पाएसँगै पत्रकार यादवले एसईई परीक्षा गराउन नसक्नेले भर्ना खोल्न हतार गर्न नहुने सुझाएका हुन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई संकेत गर्दै निजी विद्यालयको फाउन्डर मोटाउने गरी भर्नाको सोच राख्नु पनि बेमौसमको बाजा भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “वर्तमान शिक्षालाई बुर्जुवा भन्दै आएका कमरेड मन्त्रीज्यूको सोचलाई बुर्जुवा सोच भन्दा रिस उठ्ला ! विश्व नै संकटमा भएको बेला एउटा एसईई परीक्षा गराउन नसक्ने अनि बैशाख २६ बाट नयाँ भर्ना गर्ने सोच र सल्लाह कसरी आयो ?”
‘शैक्षिक क्यालेण्डर मिलान र भर्ना अभियानको बजेट कुम्ल्याउने खेल रोकौं ! पठनपाठनको ग्यारेण्टी नहुने अनि अभिभावकको ढाड सेक्ने ?” पत्रकार यादवले लेखेका छन् ।