२८ बैशाख ०७९, काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको एक जहाजको इन्जिन फेल भएपछि आकस्मिक अवतरणका लागि तयारी भइरहेको छ ।
जहाज ८७ जना यात्रुसहित धनगढीका लागि उडेको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरणका लागि तयारी भइरहेको हो ।
विमानस्थल स्रोतकाअनुसार २२३ उडान नम्बरको उक्त उजहाज अहिले काठमाडौं आइरहेको छ भने जहाज क्याप्टेन बी. राजवंशीले उडाइरहेका छन् ।