सँधै मागिरहेको नेपालले चीनलाई सहयोग गर्ने !

Agni sapkota३ माघ, काठमाडौं ।
वनमन्त्री अग्नि सापकोटा ६ दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपालले सँधै चीनसँग मागिरहेको भन्दै नेपालका तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए पछि चीनले नेपालसँग दुई जोडी गैँडा मागेको र आफूले चीनको कूटनीतिक पहलबाट सो बारेमा पत्र प्राप्त भएपछि कानुनी प्रावधान हेरेर नेपाल सरकारले निर्णय गर्ने जवाफ दिएको मन्त्री सापकोटाले बताए ।

भ्रमणका क्रममा सीमा क्षेत्रमा पाइने वन्यजन्तुको संरक्षण तथा वन पैदावार तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा दुवै देशले पहल गर्ने सहमति भएको मन्त्री सापकोटाले जानकारी दिए ।

मन्त्री सापकोटाले नेपाल र चीनको सीमाबीच रहेका मुख्य दुई नाका ‘तातोपानी–जाग्मु’ र ‘रसुवागढी–केरुङ’लाई ‘हरित आर्थिक करिडोरका रुपमा विकास गरिने बताए । त्यसका लागि नेपालका तर्फबाट वन मन्त्रालयका सहसचिव विश्वनाथ ओली र चीनका तर्फबाट वन मन्त्रालयका उपमहानिर्देशक संयोजक रहेको प्राविधिक कार्यदल समेत गठन भएको छ ।

तपाइको मत