संखुवासभाको बाढीपहिरो प्रभावित क्षेत्र पुगे प्रधानमन्त्री प्रचण्ड

४ असार ०८०, संखुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् ।

आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु, १८ जनाभन्दा बढी बेपत्ता भएसँगै प्रधानामन्त्री प्रभावित क्षेत्र पुगेका हुन् ।

तुम्लिङटार पुगेका प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग राहत र उद्दारका लागि भइरहेका प्रयासबारे जानकारी लिएका छुन् । साथै, मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिई अन्य स्वयंसेवी संघसंस्थालाई सहयोगका लागि अपील पनि गरेका छन् ।

यस्तै प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवस्यकताअनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताएका छन् ।