२३ असोज ०८०, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले असोज २६ देखि २९ गतेसम्म गर्ने भनिएको नेपाल भ्रमण स्थगित भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि बढेको तनाबका कारण महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित भएको हो ।
‘निकट भविष्यमै उहाँको भ्रमण हुनेछ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘हाललाई भ्रमण स्थगित भएको छ ।’
संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो भने उनले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने तय गरिएको थियो ।