३ असोज ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताएका छन् ।
संविधान दिवसको अवसरमा अध्यक्ष प्रचण्डले शुक्रबार जारी गरेको शुभकामनामा संविधानले संघर्षबाट प्राप्त हक, अधिकार र अवसरलाई सुनिश्चितता र संस्थागत गरेको बताएका हुन् ।
प्रचण्डले जारी गरेको शुभकामना वक्तव्यमा भनिएको छ, ‘यस संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको छ भने नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको छ ।’
यसैगरी नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित, पिछडिएका वर्ग, क्षेत्र लगायतको संघर्षबाट प्राप्त हक अधिकार र अवसरको सुनिश्चिततालाई संविधानले संस्थागत गरेको शुभकामनामा उल्लेख छ ।
शुभकामनाको पूर्णपाठ :














