संविधान संशोधन विधेयक पारित हुँदैन – केपी शर्मा ओली

२ भदौ ०७४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक पारित नहुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले संशोधन विधेयक पारित नहुने बताएका हुन् ।

संशोधन निर्णयार्थ पेश गर्ने उपयुक्त समय नभएको भन्दै उनले भने, ‘उपयुक्त प्रस्ताव आएको छैन, हामीसँग सल्लाह पनि गरेको होइन । यो पास हुँदैन ।’

उनले षड्यन्त्रपूर्वक शक्ति सन्तुलनमा फेरबदल ल्याउन र जाली सम्झौता अनुसार संशोधन प्रस्ताव आएको बताए ।

सरकारले आगामी सोमबार संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ ।

 

तपाइको मत