३० मंसिर, विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई थाँती राखेर चुनावमा जान प्रस्ताव गरेका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गच्छदारले संविधान संशोधनबारे ठूला तीन दलबीच मतभेद भएकाले यसलाई थाँती राखेर तीनै तहको निर्वाचनमा जानु उपयुक्त हुने बताएका हुन् ।
गच्छदारले संशोधनलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच देखिएको द्वन्द्वलाई समयमै समाधान नगरे संविधान नै धरापमा पर्ने खतरा रहेको बताउँदै प्रमुख प्रतिपक्ष एमालेलाई बाहिर राखेर संविधान संशोधन गर्न नहुने बताए । उनले अहिलेको अवस्थामा पुरानै संरचनामा भए पनि स्थानीय तहको निर्वाचनमा जानुपर्ने बताए ।