संशोधन विधेयक अस्वीकार गर्ने मधेसी मोर्चाको निर्णय

३० चैत, काठमाडौं । मधेसी मोर्चाले नयाँ संविधान संशोधन विधेयक विज्ञप्ति नै जारी गरेर अस्वीकार गर्ने निर्णय गरेको छ ।

बुधबार तमलोपाको कार्यालयमा बसेको मोर्चाको बैठकले सीमांकन लगायत मुलभूत मुद्दाहरु सम्बोधन नहुने भएको हुनाले संशोधन विधेयकलाई मोर्चा अस्वीकार गर्ने जनाएको छ ।

बैठकपछि मोर्चाका नेताहरुले स्थानीय चुनावमा भाग नलिने बताएका छन् ।

मधेसी मोर्चाको विज्ञप्ति

m morcha

तपाइको मत