संसद विघटनको कदमविरुद्ध माइतीघरमा प्रदर्शन

६ पुस ०७७, काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको कदमविरुद्ध प्रदर्शन गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा संघीय संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि विवेकशील साझाले आज माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओलीविरुद्ध ‘ओली तिम्रो पाराले, दुःख पाए साराले’, ‘के कदर भयो र जनमतको,’ ‘प्रधानमन्त्रीलाई संवैधानिक परामर्श देऊ’ लगायतका नारा लेखिएका प्लेकार्डसहित साझाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।